Skip to main content

Nepali Poem: वनको डडेलो

·87 words·1 min

वनको डडेलो घरमा नआएसम्म
हामी
जीवन, जगत र समाजलाई
पैसासँग मोलतोल गरिरहन्छौँ।

हामीलाई
छिपछिपे माटो हिलो हुन्छ।
बजारको कचरा खाना हुन्छ।
घरको कचौरा देखाउन लाज लाग्छ।
मोटर टल्काउँदा इज्जत बढ्छ।
हिँडेर टहल्दा लाज लाग्छ।

बाजेका पालामा
कलकल पानी
कान्ला कान्ला खेत गरा कुलो कुलेसो
आदि इत्यादि गर्दै गर्दै
एकआपसमा जब्बर र नरम एकै साथ बन्दै
माटो मन समाज रसिलो बनाउँथ्यो।

अहिले
बारी प्लटिङ गर्नु छ।
बाटो ढलान गर्नुछ।

जेसीबी विकास गर्नु छ।

अनि पानी कहाँ जाने?
जमिन केले भिजाउने?

पालुवा कसरी पलाओस?

सुख्खा
खण्डहर
हाम्रो भविष्य! ✍️

Dipesh Dulal
Author
Dipesh Dulal
an ecopedagogue learning with the environment